नेपाल प्रहरीका ११ जना डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा ११ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।
एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् । यो टोलीका १२ जना रहेकोमा शारदाप्रसाद चौधरी छुटेका छन् ।
हेर्नुस् सूची