सरकार ढल्ने अवस्थामा पुग्यो : वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन् । आज (मंगलबार) पोखराका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकार ढलेको खण्डमा पहिलो पार्टीले नेतृत्व गर्न पाउनु पर्ने उनले बताएका छन् ।
‘सरकार ढल्यो भने पहिलो पार्टीले नेतृत्व दाबी गर्नुपर्छ । कांग्रेसलाई एमाले र माओवादी बिना पनि बहुमत पुग्छ । यदि बहुमत पुगेन भने हामी विकल्प सोच्छौँ,’ उनले भने । पुनले सरकार माओवादीका कारण नभई गभर्नर नियुक्ति प्रकरण र बिचौलियाको प्रभावका कारण ढल्ने अवस्थामा पुगेको जिकिर गरेका छन् । उनले थपे, ‘गभर्नरमा चर्चामा रहेका व्यक्ति बिचौलियाले रुचाएका होइनन् ।’