रवि–छविलाई थुनामुक्त गर्न माग गरिएको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब बाँकी बहस भोलि हुनेछ ।
उच्चको आदेश बेरितको ठहरिएमा इजलासले यसलाई उल्टाएर जिल्लाको आदेश सदर गर्न सक्नेछ । त्यसो भयो भने रवि धरौटीमा छुट्नेछन् । यदि उच्चकै सदर भए रवि थुनामै रहनु पर्छ । रविसँगै सहकारी ठगीमा आरोपित गरिएका पूर्व डीआइजी छविलाल जोशीको पनि सुनुवाइ भइरहेको छ ।
जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि रवि र पूर्वडीआईजी छविलाल जोशी सर्वोच्च पुगेका हुन् । रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो । उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन् । छविलाई भने जिल्लाले थुनामा पठाएको र उच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो ।