जनमतसँगको एकताबारे के भन्छिन् रञ्जिता ?


२०८२ जेठ ६ मंगलबार २०:३१ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन् । आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताइन् । 

एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनको भनाइ छ । उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफ सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइूसकेको उल्लेख गरिन् । उनले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको बताएकी छन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७