गभर्नर सिफारिस गर्न समितिको बैठक सुरु

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भर्खरै बैठक सुरु भएको छ। बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ। प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए । सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।