अहिले राजा ल्याउनुु हुँदैन : अध्यक्ष बिजुक्छे


२०८२ जेठ ६ मंगलबार २०:५९ बजे

 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन्। आज (मंगलबार) भक्तपुरमा आयोजित एक कार्यक्रमपछि उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । उनले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताएका छन् । उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताए।

उनले राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको विरुद्ध लडाइँ हुने तर्क गरे। बिजुक्छेले भने, ‘अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो। विरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदि त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाइँ हुन्छ देशमा ।’ अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरूले कार्यकर्तालाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७