प्रधानमन्त्रीले भ्रष्टाचारी जोगाउन नेतृत्व गरिरहेको मेयर बालेनको आरोप
‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारी’ जोगाउन नेतृत्व गरेको आरोप लगाएका छन्। उनले फेसबुकमा प्रधानमन्त्री ओलीको ‘करप्सन सिस्टम’ लाई मद्दत गर्न नसक्ने लेखेका छन् ।
आज (सोमबार) सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन्। त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए। यसपछि बालेनले जवाफस्वरूप यस्तो लेखेका हुन्।
‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम,’ उनले लेखेका छन् । अगाडि उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गई दिनु पर्ने ?’