काठमाडौं नयाँपाटीमा युवकको हत्या, पाँच जना पक्राउ


२०८२ जेठ ५ सोमबार २२:२४ बजे

काठमाडौं । काठमाडौँको नयाँपाटीमा एक युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। २०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो ।

बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि फरार पाँच जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–४ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षका प्रविण तामाङ, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षका समिर वाईवा तामाङ, २६ वर्षका अभिषेक वाईवा तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ छन्।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी बोहराले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७