इमाडोलमा केटी साथीको कोठामा गएका युवकको मृत्यु


२०८२ बैशाख ३० मंगलबार १५:४८ बजे

काठमाडौं । ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे आज बिहान मात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ। उनको उमेर २२ वर्ष हो। राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पुर्‍याएकी थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७