वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव

मोरङ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको अध्यक्ष यादवको तर्क छ ।
सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाए । त्यसैको परिणाम म्याद सकिनु एक महिनाअघि नियुक्त गर्नुपर्ने गभर्नर म्याद सकिएको लामो समयसम्म पनि नियुक्त हुन नसकेको अध्यक्ष यादवले बताए ।
व्यक्तिगत इर्ष्र्या र महत्वाकांक्षाका कारण यो सरकार गठन भएको भन्दै लूटतन्त्र र कमिसनतन्त्रको चलखेलमा अहिले राज्य चलिरहेको अध्यक्ष यादवको आरोप छ । भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले सुशासनको ठाउँमा कुशासनले राज गरेको पनि बताए ।