माओवादीले भन्यो–विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्था जानकारी गराइयोस्

काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेको छ। आज (शुक्रबार) को प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी रुलिङको माग गरेका हुन्।
‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ’, उनले भने, ‘त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सभामुखमार्फत रुलिङ होस् ।’