गोर्खाज फाइनान्स सीईओमा ज्ञानेन्द्र इवाहाङ


१४:५७ बजे

काठमाडौं :  गोर्खा सैनिकहरूको लगानीमा रहेको गोर्खाज फाइनान्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । फाइनान्सको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले बैसाख २१ बाट लागु हुने गरी इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

विगत दुई दसकदेखि बैंकिङ्ग क्षेत्रमा काम गरीरहेका इवाहाङलाई कम्पनी सञ्चालक समितिको आज बसेको ५१२ औं बैठकको निर्णयले इवाहाङलाई सीईओ पदमा नियुक्त गरेको गोर्खाज फाइनान्सले जनाएको छ । उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

दुई दसक लामो बैंकिङ्ग अनुभव भएका नवनियुक्त सीईओ इवाहाङले गोर्खाज फाइनान्सलाई उत्कृष्ट बित्तिय संस्थाको रुपमा बिकास र बिस्तार गर्ने बताए । 

९३ प्रतिशत लाहुरेहरूको लगानी रहेको गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रूपैयाँ छ । जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७