नेकपा एसको सचिवालय बैठक आजबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । बैठक आज र भोलि बस्ने पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा पार्टीको तर्फबाट सुझाव दिने, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने बताइएको छ ।