यस्ता छन् शिक्षकसँग भएका नौ बुँदे समझदारी (पूर्णपाठ)


२०८२ बैशाख १८ बुधबार ०२:१० बजे

काठमाडौं । काठमाडौंमा २९ दिनदेखि आन्दोलनरत शिक्षकसँग सरकारले नौ बुँदे समझदारी गरेको छ। समझदारीसँगै तत्कालका लागि शिक्षक आन्दोलन स्थगित भएको छ। शिक्षक महासंघको मागअनुसार नौ बुँदे समझदारी भएको हो ।

जुन समझदारी कार्यान्वयन गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले गरेको  छ । साथै असार १५ गतेभित्र शिक्षा बिधेयक ल्याउने पनि सहमति भएको छ । मन्त्रिपरिषद्ले बुधबार सहमति अनुमोदन गरेपछि बिहीबारदेखि विद्यालय भर्ना र पठनपाठन सुचारु हुने भएको छ ।

सहमतिमा शिक्षक–कर्मचारीको स्वास्थ्य उपचार, तलब सुधार र सामाजिक सुरक्षालगायत महत्वपूर्ण माग सम्बोधन गरिएको छ। शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयनका लागि ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताए।

हेर्नुस् नौ बुँदे समझदारी
१) शिक्षकहरुको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक राहत अस्थायी, करार, साबिक उमावि सिकाई अनुदान प्राविधिक धार विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र शो बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकार बाटो तोके बमोजिम व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह रोड संख्या र रकम कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत अस्थायी करार साविक उमावि प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानूनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरुलाई समावेश गर्ने ।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी, पत्रकार, कर्मचारीको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षाको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७