रेशम चौधरी पक्राउ प्रकरण

विचाराधीन मुद्दामा कसरी सर्वोच्चबाट पत्र गयो बुझ्दैछौं : महान्यायाधिवक्ता


२०८२ बैशाख १८ बुधबार १९:२६ बजे

काठमाडौं । सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ। सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको बताएका छन् ।

‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालले भने, ‘मुद्दा विचाराधीन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउना साथ उहाँका बारेमा अरु निर्णय होला ।’ उनले यसबारे थप विवरण आफूले बुझिरहेको बताए । महान्यायाधिवक्ता बडालले रेशम चौधरी पक्राउसम्बन्धी पत्र अदालतले सच्याएर पठाएमा छाड्न तयार रहेको बताएका छन् ।

उनले अदालतको आदेश कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि यस प्रकरणमा औपचारिक संयन्त्रबाट पत्र नगएको भन्ने बुझिएको र उक्त पत्र सच्चिएर आएमा उनी छुट्न सक्ने बताए । उनले भने, ‘अदालतको आदेश कार्यान्वयन सरकारको दायित्व हो । आजैको मितिमा पक्राउ गर्नू भन्ने आदेश आयो । कार्यान्वयन पनि भयो । तर अदालतले फर्मल च्यानलबाट भएको छैन भन्यो, अदालतले उक्त पत्र सच्यायो र पत्र पठायो भने हामी उहाँलाई तुरुन्तै रिलिज गर्छौ । राख्नुपर्ने कुनै कारण छैन ।’  प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७