प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा मुटुमै गोली लागे जस्तो किन ?


१७:०२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति संसदबाट कटाक्ष गरेका छन्। आज (मंगलबार) प्रतिनिधसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई किन उचालेको भन्दै प्रश्न गरेका छन् ।

‘तपाईले त प्रधानसेनापति नै हटाउनु भएको थियो त । एक पटक सम्झिनुस् त तपाईले कसरी हटाउनु भएको थियो प्रधानसेनापतिलाई । अस्तीकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोष्ट खडा गरेर अर्को मुख्यसचिव ल्याउनु भयो । उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता किन गरिरहनु भएको छ ? मुटुमै गोली लागे जस्तो किन भएको छ ?

उनले सरकारले नियमित प्रक्रियामा यो काम गरेको भन्दै उचाल्नुको औचित्य नभएको बताएका छन् । ‘सरकारसँग उसको ट्युनिङ मिलेन उसको एउटा बन्दोबस्त भयो । प्रधानसेनापति हटाए जस्तो होइन, मुख्यसचिवलाई जगेडामा राखे जस्तो होइन । एक पटक सम्झिनुस् । तपाईका पालामा के–के भएका थिए’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७