जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सदन अवरोध गरेका छन्। सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए । तर, दुई पार्टीका सांसद उठेर सदन अवरोध गरेका हुन् ।
आज बैठक सुरु हुनासाथ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले धारणा राखेकी थिइन् । सभामुखले बोल्न दिइसकेको भन्दै बस्न आग्रह गरेका छन्। घिमिरले आफूले सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्न आग्रह गरेका छन् । उनीहरूले वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गरेका छन् । जवाफ नआए सरकार छाड्ने चेतावनी सोमबारको सदनमा नै नाउपाका सांसदले दिएका थिए ।