कक्षा १२ को प्रश्नपत्र ‘आउट’ : काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्रमा अनुसन्धान टोली


१५:५८ बजे

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको खुलेको छ । परीक्षा सुरू हुनुअघि नै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइएको हो । शिक्षा पत्रकार मकर श्रेष्ठले आइतबार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कुलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए ।

एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुशी व्यक्त गरेपछि यो विषय बाहिरिएको थियो । यसैबीच, घटनाको जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको छ । वर्ल्ड  स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो ।  परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले प्रहरी र एनइबीको आइटी टोलीलाई राखेर छानविन समिति बनाएको  छ । उक्त समितिले अनुसन्धान गरिरहेको सीडीओ अर्यालले जानकारी दिए । उनले भने, ‘परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ ।’ 

उनका अनुसार उक्त कलेजको परीक्षार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिए पनि  काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएको छैन । उनीहरुको मोवाइल चेक भइरहेको छ । अघिल्लो वर्ष पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भनेर पन्छिएको भक्तपुरका रासस संवाददाता रमेश गिरीले बताए । तर यस पटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७