माओवादी सांसदको प्रश्न : पूर्वराजालाई तुरुन्त गिरफ्तार नगरेर सरकार के हेरेर बसेको छ ?


१८:२० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्। राष्ट्रिय सभाको आज (आइतबार) को बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्न ढिलाइ गरिरहेको भन्दै प्रश्न उठाएका छन् । ‘... चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए । यस्तो कार्यको माइक्रो म्यानेजमेन्ट पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको माओवादी सांसद सुनारले दावी गरे । यसकारण पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७