अहिले बिचौलिया राज छ : स्वर्णिम वाग्ले


१८:३३ बजे
फाइल फोटो

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्। आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंकर र व्यवसायी छुट्याउने पक्षमा रहेको बताए । उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए । उनले पार्टीहरू बिचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरू पनि कब्जामा रहेको बताए । 

वाग्लेले भने, ‘बैंकर र व्यवसायी छुट्याउनै पर्छ । किनकी स्वार्थ बाझिन्छ । अहिले बिचौलिया राज भइरहेको छ । पार्टी र आर्थिक संस्थाहरू उनीहरूकै कब्जामा छन् । यो एकाधिकार बढ्दै जाँदा उनीहरू हावी हुने अवस्था आएको छ । यसलाई हामीले तोड्नै पर्ने हुन्छ ।’ वाग्लेले भावनामा बगेरभन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंकर र व्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी रहेको बताएका छन् । अहिले गैरबैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेको समेत उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७