नेपाल वायुसेवा निगम पुनर्संरचना गरिने
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने विषय पुनः दोहोर्याएको छ । पछिल्ला केही वर्षयता सरकारले यो विषय नीति तथा कार्यक्रममा छुटाएको छैन। तर, कार्यान्वयनमा समेत जान सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा विभाजन गर्ने दुई विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्ने घोषणा सरकारले गरेको छ । यी विधेयक संसद्मा दर्ता भइसकेका छन् ।
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने
अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।