पाकिस्तानी मन्त्रीको भिडिओ सन्देश : ३६ घण्टाभित्र भारतले हामीविरुद्ध सैन्य आक्रमण गर्न सक्छ


२०८२ बैशाख १८ बुधबार १५:०६ बजे

इस्लामावाद । आगामी २४ देखि ३६ घण्टामा भारतले सैन्य कारबाही गर्नसक्ने पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानका सूचना एवं प्रशारणमन्त्री अताउल्लाह तरारले पाकिस्तानी खुफिया एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् । उनले आज बिहान पौने ३ बजेतिर एक भिडियो एक्समा पोष्ट गरेका छन् । भिडियोमा उनी भन्छन्, ‘पाकिस्तानसँग एक विश्वसनीय खुफिया एजेन्सी छ । उसका अनुसार पहलगाम घटनामा निराधार र भ्रामक आरोपको बहानामा अघिल्लो २४ देखि ३६ घण्टामा पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने मनशाय देखिन्छ ।’

पाकिस्तान आफैं पनि आतंकवादको शिकार भइरहेको र यो संकटको पीडालाई पाकिस्तानले सही तरिकाले बुझ्ने उनको भनाइ छ । उनले भने, ‘हामीले विश्वका सबै प्रकारणका आतंकवादी रुप र अभिव्यक्तिको सधैं आलोचना गरेका छौं ।’ तरारले पाकिस्तान भारतका तर्फबाट गरिने कुनै पनि प्रकारको सैन्य कारबाहीलाई निश्चित र निर्णायक जवाफ दिन तयार रहेको चेतावनीसमेत दिएका छन् । २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जनाको हत्या भएको थियो । त्यसयता भारत–पाकिस्तानबीच तनाव बढेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७