शिक्षकसँगको वार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि सहभागी


२०८२ बैशाख १७ मंगलबार ०२:०९ बजे

काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँगको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सामेल भएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता जारी राखेका छन् । जारी वार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि सहभागी भएका हुन् ।

शिक्षामन्त्री पन्त मंगलबार दिउँसोदेखि नै शिक्षकहरूसँगको वार्ताको पर्खाइमा थिए । तर शिक्षकहरू दिउँसो आन्दोलन र महासंघको आन्तरिक बैठकका कारण शिक्षामन्त्रीसँगको वार्तामा सहभागी भएनन् । अहिले साँझदेखि सुरु भएको हो।महासंघको बैठक सकिएपछि शिक्षक प्रतिनिधि वार्तामा गएका हुन् ।

संघीय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघ विगत २८ दिनयता निरन्तर सडक आन्दोलनमा छ। रघुजी पन्त शिक्षामन्त्री बनेर आएपछि उनले शिक्षक महासंघका प्रतिनिधिसँग केही चरणमा वार्ता गरे पनि शिक्षक–सरकार वार्ता निष्कर्षमा पुग्न सकेको छैन । सोमबार अबेरसम्म पनि वार्ता चलेको थियो तर निष्कर्षविहीन बनेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७