शिक्षकसँग आज दिउँसो पनि वार्ता, सहमतिको सम्भावना कति ?


२०८२ बैशाख १६ मंगलबार १०:४२ बजे

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिहेका शिक्षक र सरकारबीचको छलफल सहमतिको दिशातर्फ अघि बढिरहेको छ। सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमति नजिक पुगेका हुन् । शिक्षक महासंघको नेतृत्वमा २८ दिनदेखि भइरहेको शिक्षक आन्दोलनका माग सुनुवाईका विषयमा आज (मंगलबार) दिउँसो पनि वार्ता हुने भएको छ । शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताएका छन् । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।

अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना सुनाए । ‘आशावादी छौं । हामी छलफलमै छौं । आज केही होला’, बैठकस्थलबाट थापाले भने । आजै गठबन्धनका मुख्य दल कांग्रेस–एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको उनको भनाइ छ ।

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए । राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७