सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रमुख हेरफेर

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । बिहीबार गृह मन्त्रालयले ६ प्रदेशका प्रमुख हेरफेर गर्दै सरुवा गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन् । डीआईजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् ।
कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन । सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन् । यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा ल्याइएको छ । छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।
अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा धौवजीले नै पाउने भएका छन् । गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाल वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ । वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ