शिक्षक आन्दोलनबारे जानकार छु, सबै बुझेर बोल्छु : शिक्षामन्त्री पन्त

काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे आफू जानकार रहेको बताएका छन् । उनले आज (बिहीबार) पदभार ग्रहण गर्दै शिक्षक आन्दोलनबारे मन्त्रालयले गरेको पहललाई धन्यवाद दिएका छन् ।
‘भर्खर त पदभार ग्रहण गरेको छु । शिक्षक आन्दोलनबारे जानकार छु । यसअघि मन्त्रालयले गरेको पहललाई धन्यवाद । अझै राम्रोसँग बुझेर बोल्छु’, उनले भने । काठमाडौंको माइतीघर बानेश्वर केन्द्रित भएर २३ दिनदेखि शिक्षक आन्दोलन जारी छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आएका छन् । मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।