बालेनलक्षित सुनिताको प्रश्न, ‘स्टन्ट गरेर देश बन्छ ?’

‘ममाथि चौतर्फी आक्रमण हुँदै छ, तर विचलित हुन्न’


२०८२ बैशाख १२ बिहीबार २२:०० बजे

काठमाडौं :  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्टन्ट गरेर देश नबन्ने बताएकी छिन् । नेकपा (एमाले)ले लोकतन्त्र दिवसमा गरेको आयोजित युथ सेलिब्रेसन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सोधिन्, ‘स्टन्ट गरेर देश बन्छ ?’

अधिकांस समय महानगरपालिकाका मेयर बालेन शाह लक्षित टिप्पणी गरेकी डंगोलले भनिन्, ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ?देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

डंगोलले आफूमाथि चौतर्फी आक्रमण बताइन् । उनले भनिन्, ‘अहिलको समयमा चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौँ । जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौँ । राष्ट्र निर्माणका लागि एकजुट भएर निरन्तर अघि बढिरहेनै छौँ, हामी थाक्ने छैनौँ, रोकिने छैनौँ ।’ पछिल्लो समयमा डंगोलले आफूलाई महानगरपालिकाका मेयर बालेन शाह समर्थकले आक्रमण गरेको दाबी गर्दै आएकी छिन् । 

उनले आफू उपमेयरमा निर्वाचित भएपछि इमान्दारितापूर्वक काम गरेकाले चौतर्फी प्रशंसा हुन थालेको पनि बताइन्। ‘मैले एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ । कुनै पनि दिन, बार, समय नभनी आफ्नो जिम्मेवारी, कर्तव्यमा निष्ठावान भएर, सदैव इमान्दार भएर जनताप्रति काम गरिरहेँ । जनताको माझ नै उभिएर काम गरेँ । बफादार भएर काम गरेँ । त्यसकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो । आफूले गरेको कामको सकारात्मक प्रभाव देख्न थालेँ ।’ 

एमालले राम्रो काम गर्ने भएकोले उमप्रमुख डंगोलले आफूलाई एमाले मन परेको पनि बताइन् ।‘एमालेले कसैको घर जलाउन सिकाउँदैन् । कहिँ कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘त्यसकारण मलाई एमाले मन पर्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन् । एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७