‘आन्दोलन र शिक्षामन्त्रीको राजीनामाबीच कुनै सम्बन्ध छैन, ऐन नलगी गइँदैनँ’


२०८२ बैशाख ९ सोमबार १०:३३ बजे

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरू नफर्किने बताएका छन् । आज (सोमबार) रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सक्ने उनले बताए । उनले शिक्षामन्त्रीको राजीनामा र आफूहरूको आन्दोलनबीच कुनै सम्बन्ध नभएको पनि बताएका छन् ।

अध्यक्ष सुवेदीले आफूहरूले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतिमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए । आफूहरुले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए ।

शिक्षकहरुको आन्दोलन चर्किरहेका बेला आज शिक्षामन्त्री विद्यादेवी भट्टराईले राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन् । सम्बन्धित मन्त्रीले राजीनामा दिएपछि अब शिक्षकहरुका माग सरकारले कसरी सम्वोधन गर्न भन्ने कुरा चासोको विषय बनेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७