चन्द्रकला पौडेल सचिवमा बढुवा 


२०८२ बैशाख ९ सोमबार १०:३९ बजे

काठमाडौं । सरकारले चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव पौडेलसहित सहसचिवद्वय शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७