हिमआस एजुकेशनको नयाँ शाखा सन्चालन 


२०८२ बैशाख ९ सोमबार १०:४२ बजे

काठमाडौं ।  सन् २००८ देखि विदेशमा शिक्षाको अवसर प्रदान गर्दै आएको हिमआस एजुकेशन कन्सल्टेन्सीले काठमाडौंको डिल्लीबजार-कालिकास्थानमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

 कार्यक्रममाको उद्घाटन बरिष्ठ युरोलोजिस्ट प्रोफेसर डाक्टर भोला राज जोशीले गरेकाे हाे। उक्त का्यक्रममा विद्यार्थी, अभिभावक तथा अन्य शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कन्सल्टेन्सीको अनुभवी टोलीले विदेशमा अध्ययन तथा भविष्य निर्माणसम्बन्धी जिज्ञासाहरूको समाधान गर्दै परामर्श प्रदान गरेका थिए।

उपस्थितहरूले हिमआस कन्सल्टेन्सीका विभिन्न सेवाहरू जस्तै विदेश अध्ययन कार्यक्रम, क्यारियर काउन्सेलिङ, र शैक्षिक कोचिङबारे विस्तृत जानकारी प्राप्त गर्ने अवसर पाए। “हामी हाम्रो नयाँ काठमाडौं शाखाको उद्घाटनमा सहभागी भई यो विशेष दिनमा साथ दिनु भएकामा सबैप्रति आभारी छौं,” कन्सल्टेन्सीका निर्देशक ई : योगेश राज जोशीले बताए। “हामी निकट भविष्यमा यहाँको समुदायलाई अझ प्रभावकारी सेवा प्रदान गर्न उत्साहित छौं।“

शिक्षा परामर्श सेवामा अग्रणी मानिने हिमआस एजुकेशन कन्सल्टेन्सीले अब डिल्लीबजार–कालिकास्थानस्थित नयाँ शाखामार्फत थप विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७