दुर्गा प्रसाईका दुवै अस्पतालको खाता सर्वोच्चले गरिदियो फुकुवा


२०८२ बैशाख ९ सोमबार ११:०४ बजे

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाई सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । तीनकुने घटनापछि फरार प्रसाईको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वीएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सर्वोच्च अदालतले बैंक खाता फुकुवासँगै कारण देखाउ आदेश पनि जारी गरेको बताइएको छ ।

यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो । दुई जनाको ज्यानै गएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७