ट्रम्पको चर्को करबारे मोदीको प्रतिक्रिया : मैले भारी मूल्य चुकाउनु पर्नेछ, तर तयार छु


२०८२ श्रावण २२ बिहीबार ११:५५ बजे
फाइल फोटो

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भारतबाट आउने सामानमाथि भन्सारमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया दिएका छन् ।

एमएस स्वामिनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा मोदीले घुमाउरो तरिकाले ट्रम्पलाई जवाफ दिएका हुन् । उनले आफ्नो लागि भारतीय किसानहरूको हित सर्वोच्च प्राथमिकता भएको र यसको लागि जति नै मूल्य चुकाउन परे पनि तयार रहेको प्रतिक्रिया जनाएका छन् । 

‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनु पर्नेछ, तर म यसको लागि तयार छु । आज, भारतका किसान, माझी र दुग्ध उत्पादकहरूको लागि तयार छ’ कार्यक्रममा मोदीले भनेका छन् । उनको यो अभिव्यक्तिलाई ट्रम्पको ट्यारिफसँग जोडेर हेरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७