भारतीय विदेश सचिव मिश्री काठमाडौं आउँदै


२०८२ श्रावण २२ बिहीबार १०:२७ बजे

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगष्ट (आगामी भदौ १ गते) काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको आसन्न भारत भ्रमण भदौ ३१ मा हुने जनाएको थियो । ‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७