यी सात राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)


२०८२ श्रावण २२ बिहीबार १२:०६ बजे
फाइल फोटो

काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण मुलुकका विभिन्न सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ । संखुवासभाको भोटेखोला गाउँपालिका–४, वरुणस्थित कोसी राजमार्ग गएको जेठ २ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

रसुवामा पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पहिरोका कारण यही साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पूर्वपश्चिम राजमार्ग र लमजुङमा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यस्तै, रुकुम पश्चिममा जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । देशका केही स्थानका सडकमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यी हुन् अवरुद्ध सडक

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७