संघीयता र गणतन्त्र पूर्णरुपमा असफल भइसक्यो, अब जनताले बुझिसके : जबरा
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्णरुपमा असफल भइसकेको बताएका छन् । नेपाल झनझन गरिबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिन प्रतिदित फस्दै गइरहेको भन्दै उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए ।
‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रुपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ,’ राणाले भने, ‘जनता पूर्ण रुपमा निराश भइसकेका छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प छैन । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौं । अगुवाई गरिरहेका छौँ, नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ । नेपाली जनताले विस्तारै संघीयता र गणतन्त्र असफल भएको महसुस गरेकै छ । यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ । अघि बढेको छ ।’
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण
राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगञ्ज पश्चिम नेपालको प्रवेशद्वार रहेको र यो क्षेत्रबाट हजारौँ भारतीय हिन्दु धर्मावलम्बीहरू नेपाल भित्रिने गरेकोले सिधा हवाई उडान सञ्चालन भएमा मानसरोवर दर्शनका लागि भक्तजनहरूको आगमन वृद्धि हुनुका साथै बाँके र आसपासको क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने उनले उल्लेख गरेका छन् ।
यस विषयमा पटक–पटक संसदमा छलफल भए पनि ठोस प्रगति नभएको तथ्य उल्लेख गर्दै राणाले नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सम्बन्धित निकायसँग पहल सुरु गरेको बताएका छन् । नेपालगञ्ज विमानस्थल पश्चिम नेपालको पुरानो र हाल स्तरोन्नति भई अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको तथा यसको क्षमता उपयोग गरी अन्तरप्रदेशीय र क्षेत्रीय उडान सञ्चालन गर्नुका साथै नेपाल र भारतबिचको सांस्कृतिक, व्यापारिक र ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै नेपालगन्जबाट दिल्लीलगायत अन्य महत्त्वपूर्ण भारतीय सहरहरूसँग हवाई सम्पर्क स्थापना गर्नु आवश्यक देखिएको राणाले बताएका छन् ।