भारतलाई ५० प्रतिशत कर पुर्‍याएपछि ट्रम्पको चेतावनी : अझै देख्न बाँकी छ 


२०८२ श्रावण २२ बिहीबार ११:२६ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत कर लगाएपछि पनि रोकिएका छैनन् । नयाँ करसँगै पहिलेदेखि लागू २५ प्रतिशत र अहिलेको २५ प्रतिशत गरी ५० प्रतिशत पुगेको छ ।  ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा ट्रम्पसँग चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो? भन्ने प्रश्न गरिएको थियो ।

जवाफमा ट्रम्पले भने, ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनु हुनेछ ।’ चीनविरुद्ध पति अतिरिक्त कर लगाउने तयारीबाट सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘त्यो पनि हुनुसक्छ । तर हामी अगाडि कस्तो कदम उठाउनेछौं त्यसमा भर पर्नेछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७