गायिका पेरीसहितका ६ महिला अन्तरिक्ष पुगेर सफलतापूर्वक फर्किए

काठमाडौं । हलिउडकी चर्चित पप गायिका केटी पेरी, पत्रकार, वैज्ञानिक र फिल्म निर्मातालगायत विभिन्न क्षेत्रका ६ जना महिलाको समूहले अन्तरिक्ष यात्रा गरेर फर्किएको छ ।
उनीहरु पृथ्वीको सतहभन्दा एक सय किलोमिटर माथि पगेर सोमबार फर्किएका हुन्। यो टोलीलाई अमेजनाका मालिक जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’मार्फत् अन्तरिक्ष पुगेर फर्किका हुन् । करिब ११ मिनेटको यात्रा सफलता पूर्वक गरेका उनीहरुलाई बेजोसले अन्तरिक्षको ढोका खोलेर स्वागत गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाहरूको यो टोलीले अन्तरिक्षमा यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् । टोलीमा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्वनासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिनर्थि। यो टोलीको नेतृत्व लरेन सान्चेजले गरेका थिइन् ।
यी महिलाले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन् । न्यू शेपर्ड रकेट पश्चिम टेक्सासमा रहेको कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । सफलता पूर्वक फर्किका उनीहरुलाई परिवारका आफन्त कप्मनीका मालिक लगायतले स्वागत गरेका थिए ।