जीप सडकबाट खस्दा दुईको मृत्यु, १५ जना घाइते


२०८१ चैत २८ बिहीबार १७:०५ बजे

दोलखा  । रामेछापको मन्थली नगरपालिका–२ र ३ को सीमाना ठाँटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

बिहीबार अपराह्न मन्थली–३ को ऐरमवास देवीथान पूजाबाट फर्किदै गरेको बा १६ च ६४७६ नम्बरको जीप दुर्घटना हुँदा मन्थली–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र वर्ष १२ की भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । जीप तीव्र गतिका कारण अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७