सरकारलाई जनार्दन शर्माको सुझाव : पाथीभरा केबलकार विवाद चाँडो समाधान गरियोस्
ताप्लेजुङ । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी विवाद समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । ताप्लेजुङको फुङ्लिङमा शनिबार (आज) प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी भएको उल्लेख गर्दै उनले भने, ‘विवादलाई समाधान गरियोस् । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’ स्थानीय सहमति प्रमुख आवश्यक भएको शर्माले बताए । ‘सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसमा स्थानीय सहमति पनि प्रमुख हुन्छ,’ उनले भने ।
.gif)

.png)

