फ्रान्सेली महिला लिगमा पिएसजीको पोस्टमा ‘साम्बा’ को दुई गोल


२०८१ चैत ९ शनिबार २१:२२ बजे

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजनमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल गरेकी छन् । अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी साम्बाले शनिबार भएको खेलमा उक्त गोल गरेका हुन् । तर, रेलिगेसन जोनमा रहेको ग्वेन्ग्याम्प ६–२ ले पराजित भएको छ । 

यो सँगै दोस्रो स्थानमा रहेको पिएसजीले १८ खेलबाट ४२ अंक पुर्‍याएको छ । समान खेलबाट ग्वेन्ग्याम्पको तीन अंक छ। ग्वेन्ग्याम्पले जारी लिगमा एक जित मात्रै हात पारेको छ । स्टेड डे राउडोरोउम भएको खेलमा साम्बाले सुरुआती ११ मै स्थान बनाएकी थिइन् । २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत पिएसजीले सुरुआती अग्रता लिएको थियो । ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले गल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाइन् । उनले मारी–एन्टोइनेट काटोटोको पासमा गोल गरेकी हुन् ।

तर, साम्बाले ५८औं मिनेटमा गोल फर्काएकी थिइन् । उनले एनाइस रिबेराको पासमा गोल गर्दै खेल २–१ मा ल्याइन् । यद्यपि, पिएसजीले पाँच गोल थप्दा ग्वेन्ग्याम्पले एक मात्रै फर्काउन सकेको थियो । त्यसपछि कोर्बिन अल्बर्ट र सोफिया गुएलाटीले गोल गर्दै पिएसजीलाई ५–१ को फराकिलो अग्रता दिलाइन् ।

यद्यपि, साम्बाले नाओमी एन्डोआह इटोको पासमा ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–२ मा ल्याइन् । जारी लिगमा यो उनको तेस्रो गोल हो । त्यसको दुई मिनेछपछि काटोटोले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६–२ को फराकिलो जित दिलाइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७