ऊर्जामन्त्रीलाई महावीरको सुझाव : कि कुलमान जस्तै राम्रो काम गर्नुस्, नत्र माफी माग्नुस्

‘अर्थतन्त्र ध्वस्त भए देश मर्छ, विद्युत नभए देश कस्तो होला कल्पना गर्नुहोस्’


२०८१ चैत ९ शनिबार २१:५९ बजे

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गर्दै माफी माग्न समेत सुझाव दिएका छन् । ‘ऊर्जामन्त्री ज्यू, कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नुहोस्। नत्र भने माफी माग्नुहोस्, माफी दिन्छन् जनताले,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ । २१औं शताब्दीमा विद्युत् भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो । विद्युत भएन भने देश कस्तो होला भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त । मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ । अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी–पापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ । राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एक पटक सोच्नु होस् । अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे ।’ 

मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच झन सम्बन्ध बिग्रिएको छ । मन्त्री खड्का निर्देशक घिसिङलाई हटाउन चाहन्छन् । उनले घिसिङलाई अहिलेसम्म ६ पटक स्पष्टीकरण सोधिसकेका छन् । यही सन्दर्भमा पुनले माफी माग्न सुझाव दिएका हुन् । कुलमानलाई पुनले यसअघि पनि ऊर्जामन्त्री खड्काकै क्षेत्रमा गएर चुनाव लड्न सुझाव दिएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७