गृहका नौं उपसचिवको सरुवा, ६ जनालाई सहायक सीडीओको जिम्मेवारी (सूची)


२०८१ चैत ८ शुक्रबार २१:३२ बजे

काटमाठौं । गृह मन्त्रालयले ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिएको छ । गृहमन्त्री रमेश लेखक लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत र मन्त्रालय बाहिर कार्यरत ६ उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयमा कार्यरत उपसचिव हरिप्रसाद गैरेलाई गुल्मी, पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाही, तेजप्रकाश प्रसाईलाई झापा र गोमादेवी ढकाललाई ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयमै कार्यरत हरिबहादुर भुजेललाई अध्यागमन कार्यालय पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई मन्त्रालय तानिएको छ  । मन्त्रालयका उपसचिव सुवास पौडेललाई कारागार कार्यालय भिमफेदरी मकवानपुरमा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ। बिहीबार मात्रै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २ जना उपसचिवको पनि सरुवा गरेको थियो । जसमा मन्त्रालयमा कार्यरत कैलाशबहादुर ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो भने त्यहाँ कार्यरत ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७