पूर्वराजालाई सांसद निधिको सुझाव : सीमा ननाघ्नू, दुर्गगति कस्तो हुन्छ भन्ने कुरा नभुल्नू


२०८१ चैत ६ बुधबार ०४:३७ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विमलेन्द्र निधिले राजतन्त्र अन्त्य हुने बेला राजाको कस्तो दुर्गति हुन्छ भन्ने कुरा नभुल्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । नेपाली जताको सहनशीलताको सीमा ननाघ्न उनले सुझाव दिए । 

आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस नेता निधिले गणतन्त्र जोगाउन परिवर्तन पक्षधर शक्तिले जस्तोसुकै कदम चाल्न सक्ने बताएका हुन् । ‘राजतन्त्रको अन्त्य हुने बेलामा राजाहरूको दुर्गति हुन्छ हेक्का राखून् । नेपाली जनताले धैर्यता, सहनशीलता र सम्मान दिएको छ, त्यो सीमालाई पारित गर्नु हुँदैन । म सचेत गराउन चाहन्छु’, निधिने भने ।

राजतन्त्रको दुष्परिणाम नेपाली जनताले भोगिसकेकाले कुनै पनि किसिमको राजतन्त्र फेरि नेपालमा नफर्किने उनले बताए । ‘संविधानसभामार्फत् नेपालमा गणतन्त्र ल्याइसकेका छौं । गणतन्त्रवादीहरू प्रतिबद्ध छन्, कुनै किसिमको राजतन्त्र फर्किदैन, गणतन्त्र जोगाउन हामी जे गर्न पनि तयारी छौं । देशी, विदेशी साधु सन्तले भनेर हुँदैन’, उनले भने । 

ज्ञानेन्द्रलाई राजा या पूर्वराजा भन्नु भन्दा नेपालको अन्तिम राजा भन्न उपयुक्त हुने उनले बताए । ‘राजा भन्ने कि पूर्वराजा भन्ने बहस भइरहेको छ । रिजेक्टेट राजा, एबोलिस्ट मोनार्की या लास्ट किङ अफ द नेपाल पनि भन्न सकिन्छ । जसरी प्रथम राष्ट्रपति रामवरण यादव हुनुहुन्छ भने ज्ञानेन्द्र अन्तिम राजा’, निधिले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७