नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी, बाटाजु रथी


२०८१ चैत ६ बुधबार ०३:३७ बजे

काठमाडौं । नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् ।

यही चैत ४ गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको  दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको  दर्ज्यानी चिह्न प्रदान गरे । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७