पुल्चोक र भैंसेपाटी आसपास क्षेत्रमा पनि निषेधाज्ञा (सूचनासहित)


२०८१ चैत ३ आइतबार ०४:१६ बजे

काठमाडौं । ललितपुरका केही क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो ।

भोलि (चैत ४) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि लगाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराएका छन् ।  निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको ललितपुर प्रशासनले जनाएको छ । राजावादी र शिक्षकहरूले यस क्षेत्रमा पनि प्रदर्शन गर्ने सूचना पाए पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७