राष्ट्रिय सरकार बेमौसमी विषय : एमाले

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) ले राष्ट्रिय सहमतिको सरकारको चर्चालाई ‘बेमौसमी’ विषय भएको बताएको छ । आज (सोमबार) बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय सरकार बेमौसमी विषय हो । यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्ने भनेको चाहिँ गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोजिएको हो, गम्भीर नैतिक प्रश्न उहाँहरूमाथि उठ्छ,’ उनले भने ।
आइतबार (हिजो) प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले राष्ट्रिय सरकार बन्ने बाटो बनेको बताएका थिए । तर आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यस्तो कुनै छलफल नभएको भन्दै नेता दाहालको अभिव्यक्तिको खण्डन गरेको छ ।