धनुषामा प्रहरीले चलायो गोली, तीन जना घाइते


२०८१ चैत ४ सोमबार १९:०८ बजे

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ आज पनि तनावग्रस्त भएको छ । भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद आज पनि नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली नै चलाउनु परेको हो ।

प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन् । प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरीले दुई राउण्ड गोली चलाएको छ । झडपमा अन्य दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

अहिले पनि अवस्था तनावपूर्ण रहेको स्थानीय शम्भु पण्डितले जानकारी दिए । एक पक्षले ‘यादव चोक’ नामकरण गरेपछि अर्को पक्षले विरोध गर्दा दोहोरो झडप भएको हो । यसअघि हिजो पनि झडप भएपछि प्रहरीले अश्रृग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७