सामुदायिक वनको डढेलो बस्तीमा पस्यो


२०८१ चैत ४ सोमबार १८:१८ बजे

भोजपुर ।  भोजपुर नगरपालिका–१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेको छ । बस्तीमा डढेलो फैलिएपछि पैंयापानीमा सात घर जलेर नष्ट भएका छन् । आगलागीबाट कालीदास चापागाईको पाली, शोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबहादुर कार्कीको घर र पाली जलेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वार्टर टक्सारले जनाएको छ ।

दिउँसो साढे १२ बजेबाट डढेलो बस्तीमा पसेको हो । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको भोजपुरका डीएसपी युवराज तिमिल्सिनाले बताएका छन् । सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहे पनि निभाउन नसकिएको उनले बताएका छन् ।

हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको उनको भनाइ छ । सोमबार बिहान साढे ९ बजेतिर टङङे डाँडाको इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको थियो । अहिले प्रहरी, सेना र एपीएफको टोली त्यस क्षेत्रमा खटिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७