श्रम मन्त्रालय घुसको अड्डा बन्यो, दैनिक ७५ लाखसम्म असुली हुन्छ : सांसद अर्याल


२०८१ फाल्गुण २३ शुक्रबार १४:४१ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का कार्यबहाक सभापति तथा सांसद डोलप्रसाद अर्याल (डीपी) ले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व श्रममन्त्री समेत रहेका अर्यालले उक्त आरोप लगाएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घुस संकलन गर्ने अड्डा बनेको अर्यालको भनाई छ । सांसद अर्यालले भने, ‘श्रम मन्त्रालय घुसको अड्डा बनेको छ । ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाखसम्म घुस संकलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’

ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घुस संकलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको उनले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७