सांसद अमरेश सिंहले किन मागे स्वास्थ्यमन्त्री पौडेलको राजीनामा ?

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन्। आज (बिहीबार) प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै उनले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन्।
सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। संगीता मिश्रसँग केही चिनजान नरहकाले मधेसी भएकै कारण वरिष्ठ भएर पनि उनलाई बढुवा नगरेको सिंहले आरोप लगाए ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कायैरत डा. संगीता मिश्र र डा. टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।